×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीका समस्या र समाधानबारे चौतर्फी चासो, २७ तस्विरमा हेर्नुहोस् इमानको कार्यक्रम (फोटो-कथा)

PRIME CA

सहकारीका समस्या र समाधानबारे चौतर्फी चासो, २७ तस्विरमा हेर्नुहोस् इमानको कार्यक्रम (फोटो-कथा)

१४ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । काठमाडौंमा ‘सहकारीमा संकटः कारण र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक मिडिया संचालक संघ नेपाल (इमान)को आयोजनामा पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले सहकारी संस्था सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । केही सहकारीमा समस्या जरुर देखिएको भए पनि सबै सहकारीको अवस्था संकटग्रस्त नभएको बताउँदै मन्त्री राईले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएका छन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणी शिवाकोटीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि आवश्यक छलफल र सहकार्य गर्न राष्ट्र बैंक तयार रहेको बताएका छन् । सहकारी क्षेत्रको अनुसन्धान, अध्ययन र प्रतिवेदन बुझाउनका लागि मात्रै राष्ट्र बैंकको जिम्मेवारी नलिने बताउँदै शिवाकोटीले ऐन संशोधन गरी कार्वाही गर्ने जिम्मेवारीसमेत दिने हो भने सहकारीको नियमन गर्न राष्ट्र बैंकलाई कुनै समस्या नहुने दाबी गरेका छन् ।

त्यस्तै, कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलगायतले सहकारी क्षेत्रका समस्या समाधान गर्न सबैको सकारात्मक भूमिका भएमा सहकारीप्रतिको विश्वास पुनःजागृत हुने र सोका लागि सरकारले साथ दिनुपर्ने बताएका थिए । मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनालीले सङ्कटग्रस्त सहकारीबारे समयमै अध्ययन र छानविन नभएमा बचतकर्ता मर्कामा पर्ने समेत बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै इमानका अध्यक्ष रोयल आचार्यले अर्थतन्त्र सङ्कटमा पर्दा सञ्चार क्षेत्र पनि प्रभावित हुने भएकाले अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन हरेक क्षेत्रबाट सकारात्मक योगदान आवश्यक रहेको बताए । इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले मिडिया प्रतिपक्षी मात्रै होइन, उत्प्रेरक पनि हो भन्ने मान्यतालाई आत्मसात् गरेर आर्थिक समृद्धिका लागि बहस सञ्चालन गरिएको र आएका सुझाव सम्बन्धित निकायमा पेस गरिने बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: