Skip to content
LAXMI SUNRISE BANK

सीईओलाई ‘ज्वाइँ सुविधा’ दिएको भन्दै सानिमा बैंकलाई राष्ट्र बैंकले सचेत गरायो

अर्थ सरोकार

काठमाडौं । सानिमा बैंक लिमिटेडले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ‘ज्वाइँ सुविधा’ दिएको पुष्टी भएको छ । बैंकका तत्कालीन सीईओलाई नियमभन्दा बढी सुविधा दिएको भन्दै राष्ट्र बैंकले सचेत गराएपछि बैंकले सीईओलाई ‘ज्वाइँ सुविधा’ दिएको थप पुष्टी भएको हो ।

बुधबार नियामक नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकका सीईओलाई आफुखुसी नियमभन्दा बढी सुविधा दिएको भन्दै सचेत गराएको हो । सानिमा बैंकले सीईओको सुविधा निर्धारणमा बाफियाको गम्भीर उल्लंघन गरेको समेत सूचनामा उल्लेख गरिएको छ ।

‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (७)को उल्लंघन हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा १ (क) अनुसार बैंकलाई सचेत गराइएको छ’- राष्ट्र बैंकले जारी सूचनामा उल्लेख गरिएको छ । यस्तो छ सूचना:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK