काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालको अर्थतन्त्र मुठ्ठीभरका मान्छेले चलाएको बताएका छन् । आइतबार रिपोटर्स क्लबमा आयोजित व्यवसायीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै सिटौलाले यस्तो बताएका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर तथा ज्यादतीपूर्ण कार्यविरुद्धको संघर्षलाई ऐक्यबद्धता जनाउँदै सिटौलाले व्यवसायी मर्दा पनि बैंकहरु नाफा केन्द्रित भएको आरोप लगाएका छन् । ‘यस्तो आर्थिक मन्दीमा यो देशमा यदी कोही घाटामा छैन भने ती बैंक र इन्स्योरेन्स हुन्’, उनले भने, ‘जस्तो प्रतिकुल परिस्थितिमा पनि बैंकले व्यवसायीलाई एक प्रतिशत पनि छुट दिएको छैन । ८–१० जना मुठ्ठीभरका व्यक्तिले यो देशको अर्थतन्त्र चलाउन खोज्दा व्यवसायी मर्नुपरेको छ ।’
त्यस्तै, सिटौलालै बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर एकल अंकमा कायम गर्नुपर्ने माग गर्दै व्यवसायीको माग संवोधन नभए हदैसम्मको प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् ।
‘हामीले जिताएर पठाएका नेताहरुले सुनुन्, हाम्रै पैसाले चलेका बैंकहरुले सुनुन् चर्को ब्याजदरको समस्या तत्कालै हल गर्नतर्फ लाग्नुस्’, उनले भने, ‘समस्या समाधान नभए देशभरीका उद्योगी व्यवसायीहरु प्रखर रुपमा प्रतिकारमा उत्रिने छन् ।’
सोही सम्मेलनमार्फत उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध बृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्