काठमाडौं । पछिल्लो समय अनलाइनमार्फत ठगी गर्नेहरु सक्रिय भएका छन् । कहिले ‘नेपाली गर्ल’ त कहिले ‘तपाईलाई चिट्ठा पर्यो’ भन्दै ठगी भएका घटना तपाई हाम्रा लागि नौला रहेनन् । अनलाइन प्रयोगकर्ताको मनोभाव बुझेर ह्याकरहरुले विभिन्न ‘लिंक’ पठाएर ठगी गरिरहेका छन् । यसैबीच ‘कनेक्ट आईपीएस नेपाल’ नामको नक्कली पेज अहिले बजारमा सक्रिय बनेको छ ।
केही दिनयता सामाजिक सञ्जालमा ‘कनेन्ट आईपीएस नेपाल’नामको नक्कली पेज भाइरल छ । यतिसम्म कि यो पेज बनाउने गिरोहले पेज ‘बुस्ट’ गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताको ‘फिड’मा पुर्याउने प्रयास गरिरहेको छ ।
स्क्यामका रुपमा प्रयोग गरिएको उक्त पोस्टमा क्लिक गर्नासाथ ‘डाउनलोड न्यु डेस्कटप भर्सन अफ कनेक्ट आईपीएस’ भन्ने म्यासेज म्यासेन्जरमा आउँछ । सो म्यासेजमा रिप्लाई गर्नासाथ एउटा लिंक र पासवर्ड आउँछ । तर, यी दुवै पोस्ट र पेजको लिंकमा क्लिक गर्नासाथ ह्याकरले प्रयोगकर्ताको व्यक्तिगत विवरणमा कब्जा गर्छ र बैंक खातामा भएको सबै रकम चोरी गर्छ ।
यता साइबर सुरक्षाका जानकारहरु भने यसको प्रकृति फरक भए पनि विगतमा भएका ठगी जस्तै भएको दाबी गर्छन् । ‘यस्तो ठगी नौलो होइन, केवल प्रकृतिमात्रै फरक हो’, साइबर सुरक्षाका एक अधिकारीले भने, ‘यस्ता स्क्यामबारे प्रयोगकर्ता सचेत हुनुपर्छ, हामीले पनि अनुसन्धान थालेका छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्