×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘१५ दिनभन्दा बढी कारोबार बन्द गर्ने कम्पनीलाई कारवाही गर्छौँ, १५ दिनभित्रै कारोबार खुल्नुपर्छ’ : हमाल

अर्थ सरोकार

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार

PRIME CA

‘१५ दिनभन्दा बढी कारोबार बन्द गर्ने कम्पनीलाई कारवाही गर्छौँ, १५ दिनभित्रै कारोबार खुल्नुपर्छ’ : हमाल

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले १५ दिन भन्दा बढी कारोबार बन्द भएका कम्पनीलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् । बोर्डले आज गरेको एक विशेष अन्तरक्रिया कार्यक्रममा हमालले यस्तो बताएका हुन् ।

१५ दिनभन्दा बढी समय कारोबार रोक्का नहुने कानुन ल्याईए पनि लागु नभएको विषयमा संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिंदै हमालले आफुलाई त्यस्तो जानकारी नआएको र त्यस्तो भए सम्बन्धित कम्पनीलाई कारवाही हुने हमालले दाबी गरे । उनले संचारकर्मीबाट आएको यस्तो सूचनालाई आफुले सकारात्मक रुपमा लिएको र आफु यसमा खुसी भएकोसमेत बताए ।

विभिन्न कम्पनीको सेयर कारोबार १५ दिनभन्दा बढी रोक्का भएको भन्दै लगानीकर्ताको चौतर्फी गुनासो बढीरहेका बेला बोर्ड अध्यक्ष हमालले त्यस्ता कम्पनीहरु कारवाहीको दायरामा आउने स्पष्ट पारेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: