×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार २३.६० अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ९४ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सोमबार २३.६० अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ९४ करोडमाथिको कारोबार

Artha Sarokar

८ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सोमबार सेयर बजार घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६.८१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५८ कम्पनीको ६० लाख ९१ हजार ३ सय ५३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९४ करोडमाथिको सेयर कारोबार भएको हो । सोमबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको २० करोड ८२ लाख ५६ हजार ७ सय ४० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रकशनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा दोर्दी खोला जल विद्युत, एनएमबि हाइब्रिड फण्ड एल-१, कालिका पावर कम्पनी, एनएमबि ५० र ११ % एनआइसी एशिया डेबेञ्चरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ । यस कम्पनीको २० करोड ८२ लाख ५६ हजार ७ सय ४० रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा साल्ट ट्रेडिङ, जिबन विकास लघुवित्त, एनआइसी एशिया बैंक, सानिमा बैंक लिमिटेड र ङ्गादि ग्रुप पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । जीवन विकासको सेयरमा यस्तो गिरावट आउँदा उपकार लघुवित्त वित्तिय संस्था, हिमालयन डिष्ट्रिलरी, विन नेपाल लघुवित्त वित्तिय संस्था र समिट लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी