×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार नेप्सेमा भारी अंकको गिरावट, ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहिबार नेप्सेमा भारी अंकको गिरावट, ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा

Artha Sarokar

११ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयर बजार भारी अंकले घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २६० कम्पनीको ६३ लाख २६ हजार १ सय ५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको हो । बिहिबार सबैभन्दा बढी कारोबार छिमेक लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको ८ करोड ७० लाख ७३ हजार ३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा बढी हो । यस अलावा समलिंग पावर कम्पनी, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, १०% प्रभु बैंक डेबेञ्चर २०८४, सानिमा लार्ज क्याप फण्ड र ८.५% नेपाल बैंक डेबेञ्चरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार छिमेक लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको ८ करोड ७० लाख ७३ हजार ३२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी, साना किसान लघुवित्त, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र जीबन विकास लघुवित्तको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा छिमेक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । छिमेक लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा डेप्रोस्क लघुवित्त वित्तिय संस्था, समिट लघुवित्त वित्तिय संस्था, स्वोरोजगार लघुवित्त वित्तिय संस्था र नयाँ सारथी लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी