काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २६२ कम्पनीको ६५ लाख १५ हजार ८ सय ५२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको हो । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ५८ लाख ७० हजार ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा विजया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा बढी हो । यस अलावा ग्रीन डेभलपमेन्ट बैंक,अभियान लघुवित्त वित्तिय संस्था, मिर्मिरे लघुवित्त वित्तिय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था र ग्रिन लाइफ हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको १० करोड ५८ लाख ७० हजार ९७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, छिमेक लघुवित्त वित्तिय संस्था, जीवन लघुवित्त वित्तिय संस्था, नेस्डो सम्बृद्ध लघुवित्त र अरुण भ्याली लघुवित्तको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सिटिजन्स म्युचुअल फण्ड-१ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । सिटिजन्स म्युचुअल फण्डमा यस्तो गिरावट आउँदा जनउत्थान लघुवित्त वित्तिय संस्था, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र सानिमा लार्ज क्याप फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्