×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा पुग्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा पुग्यो नेप्से परिसूचक

Artha Sarokar

१५ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २५९ कम्पनीको ५१ लाख २० हजार ८ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८९ करोडमाथिको सेयर कारोबार भएको हो । सोमबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ६८ लाख ८ हजार ६ सय ७६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा बढी हो । यस अलावा समलिंग पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल, उपकार लघुवित्त वित्तिय संस्था, ओरियन्टल होटल र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ६८ लाख ८ हजार ६ सय ७६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट, अपि पावर कम्पनी र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा राप्ती हाइड्रो एण्ड जेनेरलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । राप्ती हाइड्रोमा यस्तो गिरावट आउँदा सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्था, समिट लघुवित्त वित्तिय संस्था,छ्याँग्दी हाइड्रोपावर र धौलागिरी लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी