×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार ३.६१ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ३८ करोडमाथिको कारोबार

PRIME CA

मंगलबार ३.६१ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ३८ करोडमाथिको कारोबार

१६ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३.६१ अंकले घटेर २०१९.९३  बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको हो । मंगलबार सबैभन्दा बढी कारोबार युनिभर्सल पावर कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ५५ लाख ११ हजार ५ सय ८४ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा आधिखोला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा आदर्श लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, सिद्धार्थ इन्स्योरेन्स, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था र ग्लोबल आइएमइ ब्यालेन्स फण्ड-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार युनिभर्सल पावर कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड ५५ लाख ११ हजार ५ सय ८४ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, सानिमा माई हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन डिष्ट्रिलरी र अपर तामाकोशी हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । प्रिमियर इन्स्योरेन्समा यस्तो गिरावट आउँदा राप्ती हाइड्रो एण्ड जेनेरल, समलिंग पावरकम्पनी, तारागाउँ रिजेन्सी होटल र स्वाभिमान लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: