काठमाडौं । सापटी सेवा र दीपशिखा धितोपत्र कारोबार कम्पनीले ‘नेपालको सन्दर्भमा पूँजी बजार सम्बन्धी वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालन गर्ने भएका छन् । आगामी फागुन १२ गते (शुक्रबार) ग्लोवल कलेजको प्राङगणमा पूँजी बजारका विभिन्न सन्दर्भमा प्रस्तुति राखिने आयोजकको भनाइ छ ।
कार्यक्रममा पूँजी बजार र नेपाली अर्थतन्त्रको परिदृष्य विषयमा एनआरएन नेपाल विकास कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई, नेपाली शेयर बजारको आधारभूत विश्लेषणका विषयमा एक्यानका निवर्तमान अध्यक्ष आनन्दराज शर्मा वाग्ले, शेयर बजारको प्राविधिक विश्लेषणका विषयमा विप्लव अधिकारी र नेपाली शेयर बजार विषयमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमन नेपालले अनुभव साझा गर्ने कार्यक्रम छ ।
नेपालमा पूँजी बजार विस्तारसँगै यस बजारबाट थोरै लगानीकर्ताले मात्रै नाफा कमाउन सकेको र धेरै लगानीकर्ताहरूले छोटो अवधिमा आफ्नो लगानी गुमाइरहेको भन्दै आयोजक सापटी सेवाका अध्यक्ष सफल वाग्लेले साक्षरता कार्यक्रम मार्फत यस्ता विषयमा सचेतना जगाउने कार्यक्रमको उद्देश्य रहेको बताए ।
‘पूँजी बजार सचेतनाको अभाव भनेको कहाँ लगानी गर्ने ? कति लगानी गर्ने ? कहिले लगानी गर्ने र सबैभन्दा महत्वपूर्ण कुरा बजारबाट कहिले बाहिरिने ? भन्ने हो’, वाग्लेले भने, ‘यस कार्यक्रमले पूँजी बजारबारे सचेतना ल्याउनुका साथै यसबाट अधिकतम लाभ लिन सहयोग पुर्याउनेछ भन्नेमा हामी आशावादी छौं ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्