×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकबाट ८ उच्च पदस्थ भीआरएस लिएर बाहिरिए, ‘सीईओले धोका दिएपछि हिमालयनमा ढोका बन्द भयो…’

PRIME CA
GLOBAL IME BANK

सिभिल बैंकबाट ८ उच्च पदस्थ भीआरएस लिएर बाहिरिए, ‘सीईओले धोका दिएपछि हिमालयनमा ढोका बन्द भयो…’

११ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । हिमालयन बैंकमा बिलय भएको सिभिल बैंक लिमिटेडबाट ८ उच्च पदस्थ कर्मचारी भीआरएस (स्वेक्षिक अवकास) लिएर बाहिरिएका छन् । बैंकबाट सीइओ सुनिल पोखरेल,  सुमन आचार्य, सागर पौडेल, अविजित श्रेष्ठ, किरण प्रकाश पाण्डे, रोशन ढकाल, किरण खड्का र गोवर्द्धन अधिकारी बाहिरिएका हुन् ।
भीआरएस लिएर बैंक नछोडेर भए हिमालयन बैंकमा उनीहरु एक तह घटुवा भएर जानुपर्थ्यो । एक तह घटुवा भएर पनि जानुपर्ने, तलव पनि ३ बर्षसम्म नबढ्ने लगायत सार्है अपमानजनक एडजष्टमेन्ट हुने भएपछि उनीहरु बैंकबाट बाहिरिएका हुन् । उनीहरुले २ बर्षको तलव भीआरएसमा पाएका छन् भने बैंक छोडेर सहयोग गरिदिएवापत उनीहरुलाई बैंकले उनीहरुले चढेको गाडी पनि दिएको छ।
बैंकले एक सानो कार्यक्रम गरेर उनीहरुलाई विदा गरिदिएको छ । उनीहरुको बिदाईसँगै हिमालयन बैंकलाई ठुलै हाईसन्चो भएको छ । उनीहरुले बैंक नछोडेको भए जिम्मेवारीको कुरामा हिमालयनमा लफडा हुने सम्भावना थियो ।
सिभिल बैंकका कर्मचारीहरुको सार्है अपमानजनक एडजष्टमेन्टलाई मिलाउनुको साटो बैंकका सीइओ सुनिल पोखरेल बैंकबाट नै हटेर कर्मचारीहरुको साथ छोडेको भन्दै कर्मचारीहरु रुष्ट बनेका छन् । भीआरएस लिएर जागिर छोड्नेहरुमध्ये केहिले पनि यहि गुनासो गरेका चाहन । ‘सुनिल सरबाट लाष्ट आवरमा धोका भयो । स्टाफ एडजष्टमेन्टमा अडान राख्नुपर्ने ठाउँमा आफैंले बैंक छोडेर उहाँबाट धोका हुँदा यता हिमालयनमा पनि ढोका बन्द भयो । त्यसपछि त बैंक छोड्नुको विकल्प नै भएन ।’ भीआरएस लिएर बैंक छोडेका एक कर्मचारीले अर्थ सरोकारसँग भने- ‘सुनिल दाईको त अन्त जागिर पनि फिक्स्ड भएको रहेछ । अव हामीचाहिं जागिर खोज्नुपर्ने स्थितिमा छौँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: