×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना गर्ने नियमबाट पछि हट्यो सरकार, ट्राफिक नियम उल्लंघनमा पुरानै नियम लागू हुने

PRIME CA
GLOBAL IME BANK

पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना गर्ने नियमबाट पछि हट्यो सरकार, ट्राफिक नियम उल्लंघनमा पुरानै नियम लागू हुने

२ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ट्राफिक नियममा कडाई गर्दै ट्राफिक प्रहरीले लागू गरेको जरिवानासम्बन्धी नयाँ व्यवस्था कार्यान्वयन नहुने भएको छ । कानुन विपरित बढाइएको जरिवाना खारेजीको माग गर्दै यातायात मजदुर र व्यवसायीहरु आन्दोलित भएसँगै यो नियम कार्यान्वयन नहुने भएको हो ।

यातायात व्यवसायी र सरकार पक्षबीच भएको छलफलमा अब नियम अनुसार नै जरिवाना गरिने सहमति भएको छ । पुस ३ गतेदेखि ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाई गर्दै १६ प्रकारका नियम उल्लंघनको अवस्थामा पहिलोपटकमै १५ सय रुपैयाँ जरिवाना लिँदै आएको थियो । तर, अबभने सो नियम कार्यान्वयन नहुने भएको हो ।

कानुन अनुसार नियम मिच्नेलाई तत्कालै पहिलोपटकमा ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटक वा सो भन्दा बढी पटक सवारी नियम उल्लंघन गर्नेलाई एक हजार ५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको बताउँदै यातायात व्यवस्था विभागमा महानिर्देशक तुल्सी गौतमले अब सोही अनुसार जरिवाना उठाउने गरी सहमति भएको बताएका छन् ।

रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोड्दा, सडकको गलत साइडबाट चलाउँदा, एकतर्फी सडकमा सवारी चलाउँदा, अवस्था ठीक नभएको सवारी चलाउँदा, रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा र सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाउँदा एकैपटकमा १५ सय रुपैयाँ जरिवाना लिने ट्राफिकको निर्णय कार्यान्वयन नहुने भएको छ ।

त्यसैगरी नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु राख्न इन्कार गरेमा, लापरवाहीका साथ सवारी चलाएमा, सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएममा र निषेधित क्षेत्रमा हर्न बजाएमा पनि यस्तो जरिवाना लाग्ने नियम छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: