×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई कार्वाही, चर्को मूल्य असुलेको भन्दै १५ लाख जरिवाना

PRIME CA
GLOBAL IME BANK

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु ठग्ने ९ पसललाई कार्वाही, चर्को मूल्य असुलेको भन्दै १५ लाख जरिवाना

४ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र सञ्चालनमा रहेका ९ वटा पसलहरु कार्वाहीमा परेका छन् । यात्रुलाई बजारमूल्यभन्दा महंगोमा सामानहरु बेचेको भन्दै ९ पसललाई कार्वाही गरिएको हो ।

अनुगमनका क्रममा पसलेहरुले चर्को मूल्यमा सामान बेचेको पाइएपछी कार्वाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । विभागका अनुसार विमानस्थलभित्र पसलेहरुले सामानको एमआरपीभन्दा तीन गुणा महंगोमा सामान बेच्ने गरेको पाइएको छ ।

कार्वाहीमा परेका विमानस्थलभित्रका पसलहरुलाई कसुरका आधारमा २ देखि ३ लाख रुपैयाँसम्म जरिवाना गराइएको छ ।

९ वटा पसललाई कार्वाही गरेर १५ लाख रुपैयाँ असुली गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: