×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरम्भ चौतारी लघुवित्तमा पनि तालाबन्दी, काम गर्ने वातावारण नुहँदा कर्मचारीलाई सास्ती, सेवा प्रभावित !

काठमाडौं । पाल्पाको आरम्भ चौतरी लघुवित्तमा नेकपा (बहुमत)का कार्यकर्ताले तालाबन्दी गरेका छन् । बुधबार दलित, गरिब, उत्पिडित महिला दिदीबहिनीहरुलाई चर्को मिटर ब्याज र अनावश्यक हर्जाना असुर गरेर दुःख दिएको भन्दै पार्टीका कार्यकर्ताले लघुवित्तमा तालाबन्दी गरेका हुन् । तालाबन्दीका क्रममा उनीहरुले लघुवित्तमा तालाबन्दी गर्नुको कारणसहितको ब्यानरसमेत टाँसेका थिए ।

यता लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तविरुद्धको अभियान चल्नु समग्र वित्तीय सिस्टममाथिकै प्रहार भएको भन्दै दुःख प्रकट गरेका छन् । नेपाल राष्ट्र बैंकको नियमनमा रही काम गरिरहेका लघुवित्त वित्तीय संस्थामाथि धरपकड हुँदा पनि राज्यको उपस्थिति नहुनू थप चिन्ताजनक रहेको उनको भनाई छ ।

केही समय अघिदेखि सुरु भएको लघुवित्तविरुद्धका कार्यक्रम अहिले उत्कर्षमा छ । एकातिर मनिराम ज्ञवालीको नेतृत्वमा संघर्ष समितिका नाममा लघुवित्तविरुद्ध आन्दोलन चर्किएको छ भने अर्कोतर्फ व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा पनि लघुवित्तका ऋणीहरुले लघुवित्तको विरोध जनाईरहेका छन् । उता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि लघुवित्तका कर्मचारीहरुलाई कालोमोसो दल्ने लगायतका गतिविधि गरिरहेको छ । यस्तो स्थितिमा नेकपा बहुमतले सुरु गरेको लघुवित्तविरुद्धको अभियानले लघुवित्तकर्मीहरु अझै मारमा परेका छन् ।

अझै त्यसमाथि गृहमन्त्रालयको सर्कुलरका बाबजुत सम्बन्धित जिल्लाको सुरक्षा संयन्त्रले लघुवित्तहरुलाई सुरक्षा दिन नसक्दा स्थिति थप त्राहिमाम बनेको छ । केही समयअगाडि बैंक तथा वित्तीय संस्था तथा तिनका कर्मचारीलाई सुरक्षा व्यवस्था मिलाउन र बैंक तथा वित्तीय संस्था, सहकारीविरुद्धका गतिविधि हुन नदिन, अलर्ट अवस्थामा रहन गृहले सबै जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर जारी गरेको थियो ।

पाल्पामा मात्र होइन नेकपा बहुमतका कार्यकर्ताले अन्य थुप्रै स्थानका लघुवित्तहरुमा पनि तालाबन्दी गरेका छन् । पार्टीका कार्यकर्ताले काभ्रेमा सामुदायिक लघुवित्त, दोलखामा एनआइसी एशिया लघुवित्त, सिन्धुपाल्चोकमा राष्ट्र उत्थान लघुवित्त, सिराहामा ग्लोबल आईएमई लघुवित्तसहित लुम्बिनीमा विभिन्न ६ लघुवित्तमा तालाबन्दी गरेका छन् । यो क्रम निरन्तर जारी रहने र देशभरका लघुवित्तमा तालाबन्दी गर्ने अभियानमा आफूहरु रहेको पार्टीका कार्यकर्ताको दाबी छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: