काठमाडौं । बैंकहरुको चर्को ब्याजदरको विरोध गर्दै आइतबार उद्योगी व्यवसायीहरुले आन्दोलन गरेका छन् । बैंकहरुको ब्याजदर आतंक र राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण व्यापार-व्यवसाय धरासायी भएको भन्दै व्यवसायीहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
आन्दोलनका क्रममानेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताएका छन् । ‘सुरुवाती चरणमा शान्तीपूर्ण आन्दोलन गर्दा पनि सरकारले हामी व्यवसायीहरुको माग सुनेन । त्यसैले फेरी आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।’ उनले भने, ‘यतिका उद्योगी-व्यवसायी एक ठाउँमा उभिएर प्रदर्शन गर्दा पनि सरकारले वार्ताका लागि कुनै चासो नदिएपछि बैंक वित्तीय संस्थाको दादागिरीबिरुद्ध हामीले आन्दोलन गरेका हौँ ।’
आन्दोलनका क्रममा व्यवसायीहरुले ‘मौद्रिक नीति परिमार्जन गर’, ‘बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले गाह्रो छ’, ‘बैकिङ आतंक बन्द गर’ लगायतका पम्प्लेटसहित प्रदर्शन गरेका थिए । योसँगै उनीहरुले अझै पनि सरकार यवसायीहरुका मागप्रति गम्भीर नभए झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनीसमेत दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्