×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजार सम्बन्धि निःशुल्क आधारभूत तालिम सञ्चालन गर्दै एशियन क्यापिटल

PRIME CA

सेयर बजार सम्बन्धि निःशुल्क आधारभूत तालिम सञ्चालन गर्दै एशियन क्यापिटल

१७ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एशियन क्यापिटलले सेयर बजार सम्बन्धि निःशुल्क आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । काठमाडौंको न्यु प्लाजास्थित सो क्यापिटलले सेयर लगानीकर्तालाई लक्षित गर्दै निःशुल्क तालिम सञ्चालन गर्ने भएको हो ।

पछिल्लो समय सेयर बजारप्रति बढ्दै गएको आकर्षण र आवश्यकतालाई ध्यानमा राख्दै तालिम सञ्चालन गर्न लागेको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार तालिममा सेयर बजारको आधारभूत विषयवस्तुलाई प्राथामिकता दिइनेछ । तालिममा सहभागी हुनेहरुको निःशुल्क डिम्याट खाता खोलिनेसमेत क्यापिटलले जनाएको छ ।

तालिम यही चैत्र २४ गते (शुक्रबार) न्यू प्लाजा, काठमाडौंमा बिहान ११ बजेदेखि आयोजना हुनेछ । तालिमका लागि क्यापिटलको सम्पर्क नम्बर ०१–४५१८६६४, ०१–४५१६५०४ र ९८४७६०२६३ मा फोन गरेर रजिष्ट्रेशन गर्न सकिने क्यापिटलले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: