×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन शाह र शाहका कट्टर आलोचक महेश बस्नेतबीच ‘लन्च मिटिङ’, पूराना कुरा बिर्सिएर अघि बढ्ने सहमति

PRIME CA

बालेन शाह र शाहका कट्टर आलोचक महेश बस्नेतबीच ‘लन्च मिटिङ’, पूराना कुरा बिर्सिएर अघि बढ्ने सहमति

२४ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र बालेन शाहका कट्टर आलोचक अर्थात नेकपा एमाले नेता महेश बस्नेतबीच भेट भएको छ । भेट बस्नेतको भक्तपुरस्थित घरमा भएको हो ।

उनीहरुले सँगै बसेर खानासमेत खाएका थिए । भेटमा मेयर शाहले विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतको भनाई छ। मेयर शाहले भक्तपुर पुगेर विकासे योजनाको अवलोकन पनि गरेका थिए ।

भेटवार्ताका क्रममा मेयर शाहले केही स्थानको विकास तथा पुनःनिर्माण गरिएको अनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गरेका छन् ।

वार्ताका क्रममा नेता बस्नेत र मेयर शाहबीच वर्तमान राष्ट्रिय राजनीति, मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या, मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान, सकुम्बासी बस्तीको समस्या समाधानको उपाय, कोटेश्वर चोकमा आकाशे पुल निर्माण, हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा कब्जा, सूर्यविनायकदेखी धुलिखेलसम्मको ६ लेनको सडक स्तरउन्नती, भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरण, केपी ओली नेतृत्वको सरकारको समयमा भएको विकासलाई हाल गठबन्धनको संघीय सरकारका कारण विकासमा भएको अवरोध र त्यसको असर, मनोहरा प्लानिङ आयोजना, स्मार्ट सिटी, भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य, वातावरण प्रदुषण नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो ।

महेश बस्नेत यसअघि बालेन्द्र शाहका विरुद्धमा अभिव्यक्ति दिएर आलोचित बनेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: