×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४४ अर्व डलरमा ट्वीटर किनेका एलन मस्क सिलिकन भ्याली बैंक किन्न तयार, भने- ‘डिजिटल बैंक बनाउन तयार छु’

PRIME CA

४४ अर्व डलरमा ट्वीटर किनेका एलन मस्क सिलिकन भ्याली बैंक किन्न तयार, भने- ‘डिजिटल बैंक बनाउन तयार छु’

२८ फाल्गुन २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका ट्वीटरका मालिक एलन मस्कले क्रिप्टोमा अत्याधिक लगानीका कारण तरलता व्यवस्थापन हुन नसकेको भन्दै बन्द भएको सिलिकन भ्याली बैंक किन्न तयार भएको  बताएका छन् । ट्वीटरमा एक व्यवसायीको ट्वीटको जवाफ दिंदै मस्कले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफु सो बैंक किन्न तयार भएको र सो बैंकलाई डिजिटल बैंक बनाउन आफु तयार रहेको दाबी गरेका छन् ।

सिलिकन भ्याली बैंकको नाममा २०९ अर्ब अमेरिकी डलरको सम्पति छ ।

सिलिकन भ्याली बैंक सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने अमेरिकाको दोस्रो ठुलो संस्था हो भने पहिलो बैंक हो । सन् २००८ को आर्थिक मन्दीमा वाशिंगटन म्युचुअल फण्ड बन्द भएको थियो।

युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआईसीका अनुसार सिलिकन भ्याली बैंकसँग २०९ अर्ब अमेरिकी डलर बराबरको सम्पति, र १७५ अर्ब ४० करोड अमेरिकी डलर बराबरको निक्षेप छ । बैंक बन्द भए पनि निक्षेपकर्ताको रकम भने फिर्ता हुने बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: