×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुलुकको अर्थतन्त्र संकटमा छ, ढल्न नदिनका लागि बजार उत्पादन बढाउनुपर्छ : विश्वप्रकाश शर्मा

PRIME CA
GLOBAL IME BANK

मुलुकको अर्थतन्त्र संकटमा छ, ढल्न नदिनका लागि बजार उत्पादन बढाउनुपर्छ : विश्वप्रकाश शर्मा

१६ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हाल मुलुकको अर्थतन्त्र संकटमा रहेको बताएका छन् । विभिन्न कारणले मुलुकको अर्थतन्त्र संकटमा रहेको बताउँदै उनले अर्थतन्त्र जोगाउन सबैले योगदान दिनुपर्ने बताएका छन् ।

शर्माले हाल मुलुकको अर्थतन्त्रमा देखिएको संकटलाई टार्न नेपाली बजारको उत्पादन बढाउनुपर्ने बताए । ‘अहिले हामी र हाम्रो देशको अर्थतन्त्र संकटमा छ । अर्थतन्त्र जोगाउनु सबैको दायित्व हो ।’, उनले भने, ‘सकेसम्म आफ्नो देशको उत्पादन प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्नुपर्छ । तर, अर्थतन्त्र ढल्न नदिन स्वदेशी उत्पादन चाहिँ बढाउनै पर्छ ।’

त्यस्तै, शर्माले अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताएका छन् । मुलुक संकटमा परेका बेला निजी क्षेत्रले गरेको योगदानकै कारण भूकम्प र कोरोनाजस्तो महामारीका बेला अर्थतन्त्र जोगिएको बताउँदै उनले सरकारले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

सरकारले जनताको आवश्यकता बुझेर मात्र काम गर्नुपर्ने शर्माको भनाई छ । मिटरब्याजी पिडीतहरुलाई प्रधानमन्त्री आफैँले भेटेर उनीहरूको मागको सम्बोधन गर्नसमेत शर्माले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: