×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डले एकै दिन ११ ब्रोकर कम्पनीलाई दियो २० ठाउँमा शाखा खोल्ने अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

धितोपत्र बोर्डले एकै दिन ११ ब्रोकर कम्पनीलाई दियो २० ठाउँमा शाखा खोल्ने अनुमति

Artha Sarokar

२३ फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई नयाँ शाखा खोल्ने अनुमति दिएको छ । बोर्डले ११ वटा ब्रोकर कम्पनीलाई एकैपटक २० वटा नयाँ शाखा कार्यालय सञ्चालन गर्ने अनुमति दिएको बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिएका छन् ।

बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका २०७९ अनुसार शाखा कार्यालय खोल्ने अनुमति दिएको हो । जसमध्ये भृकुटी स्टक ब्रोकिङले सबैभन्दा धेरै ६ ठाउँमा शाखा खोल्ने अनुमति पाएको हो ।

बोर्डले अनुमति दिएका २० शाखामा १० ब्रोकर कम्पनीले यसअघि ब्रोकर कम्पनी नभएको ठाउँमा अनुमति पाएका छन् भने बाँकी भने पुरानै ठाउँमा दोहोरिने छन् । बोर्डको यो अनुमतिसँगै कपिलबस्तुमा नयाँ शाखा थपिने छ भने सर्लाहीको हरिवनका लगानीकर्ताले समेत आफ्नै ठाउँमा ब्रोकरेज सेवा पाउने भएका छन् । बर्दिबास, दमौली, चितवन जिल्लाको पर्सा, सिराहा जिल्लाको मिर्चैया र गोर्खा जिल्लाको गोर्खा बजारमा पहिलो पटक ब्रोकर कम्पनी पुग्ने भएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी