काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको जहाजमा समस्या देखिएपछि नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको जहाज ग्राउन्डेड गरेको छ । पहिलोपटक इन्डिकेटरमा समस्या देखिएपछि मर्मत गरेर उडाइएको जहाजमा पुनः इन्डिकेटरमै समस्या देखिएपछि जहाज ग्राउण्डेड गरिएको हो ।
सुर्खेतका लागि उडेको बुद्ध एयरको सो विमानमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्काएर आकस्मिक अवतरण गराइएको थियो । शनिबार बिहान भएको उक्त घटापछि बुद्ध एयरको जहाज ग्राउण्डेड गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् ।
प्रवक्ता निरौलाका अनुसार उक्त जहाज उड्नुपुर्व चेकजाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ । विमान काठमाडौंबाट १५ नटिकल माइल उडेर काठमाडौं फिर्ता भएको हो ।