Skip to content
LAXMI SUNRISE BANK

‘इन्डिकेटर’ बिग्रिएपछि बुद्ध एयरको जहाज रनवेबाटै फर्कियो

अर्थ सरोकार

काठमाडौं । इन्डिकेटरमा समस्या देखिएपछि भैरहवा उडेको बुद्ध एयरको जहाज रनवेबाटै फिर्ता भएको छ । सोमबार काठमाडौंदेखि भैरहवा उडानका लागि तयार रहेको बुद्ध एयरको जहाजको ‘इन्डिकेटर’मा समस्या देखिएपछि जहाज फिर्ता भएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडानका लागि तयार रहेको बुद्ध एयरको यू ८४५ विमानको इन्डिकेटरमा समस्या देखिएर टेकअफ गर्न नकसेपछि रनवेबाटै फिर्ता भएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् । सिटौलाका अनुसार जहाजको ‘इन्डिकेटर’मा समस्या देखिएपछि रनवेबाट जहाज पुनः पार्किङमै फर्किएको हो ।

बुद्ध एयरको सो जहाजमा चालक दलका सदस्यसहित ७८ जना यात्रु सवार रहेको थिए ।

यसअघि काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरकै जहाजको ‘इन्डिकेटर’मा समस्या देखिएपछि नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको सो जहाज ग्राउन्डेड गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK