×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विकास बैंक र फाइनान्सले पनि ब्याजदर घटाउने

PRIME CA
GLOBAL IME BANK

विकास बैंक र फाइनान्सले पनि ब्याजदर घटाउने

२९ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । वाणिज्य बैंकहरुले बचतको ब्याजदर घटाउने निर्णय गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका छन् । सोमबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्तीय संस्था संघको छुट्टाछ्ट्टै बसेको बैठकले चैत १ गतेदेखि लागू हुनेगरी मुद्धती निक्षेप र साधारण बचको ब्याज घटाउने निर्णय गरेका हुन् ।

सोमबारको बैठकबाट निक्षेपको ब्याजदर अधिकतम २५ पैसासम्म घटाउने निर्णय भएको एक विकास बैंकका सीईओले जानकारी दिएका छन् । ‘सोमबारको बैठकबाट एक वर्ष र सो भन्दा कम अवधिको मुद्धती निक्षेपको ब्याज २५ पैसा र एक वर्षभन्दा माथिको मुद्धती निक्षेपको ब्याज १५ पैसाले घटाउने निर्णय भएको छ ।’ एक बैंकका सीईओले भने, ‘साधारण बचतको हकमा भने १५ पैसाले ब्याज घटाउने निर्णय भएको छ ।’

हालसम्म विकास बैंकहरुले मुद्दती निक्षेपमा ११.७५ प्रतिशत ब्याज दिँदै आएका थिए । अब भने एक वर्षभन्दा माथिको मुद्दती निक्षेपको ब्याज ०.१५ प्रतिशत बिन्दुले घटाएर ११.६० प्रतिशत कायम हुने भएको छ भने एक वर्षभन्दा कम अवधिको मुद्दती निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटेर ११.५० प्रतिशत कायम हुने भएको छ । बचत खाताको ब्याज भने अब ६.६ प्रतिशतदेखि ८.६ प्रतिशतसम्म कायम हुनेछ ।

त्यस्तै, फाइनान्स कम्पनीहरुले पनि चैतदेखि ब्याजदर घटाउने निर्णय गरेका छन् । वाणिज्य र विकास बैंकहरुले क्रमशः मुद्धती निक्षेप र बचतको ब्याज घटाउने निर्णय गरेसँगै नेपाल वित्तीय संस्था संघले पनि चैत १ गतेदेखि लागू हुनेगरी मुद्धती निक्षेप र बचतको ब्याजदर घटाउने निर्णय गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: