×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुले कर्जाको ब्याज घटाउन थाले, आधा दर्जन बैंकले २ प्रतिशत ब्याज घटाएको खबर गरे

PRIME CA

बैंकहरुले कर्जाको ब्याज घटाउन थाले, आधा दर्जन बैंकले २ प्रतिशत ब्याज घटाएको खबर गरे

१९ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको ब्याज महंगो भएको भन्दै देशव्यापी रुपमा आन्दोलन चर्किन थालेका बेला वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाउन थालेका छन् । चर्को ब्याजदरको विरोधमा आन्दोलन ‘परालको आगो’ जसरी फैलिन थालेका बेला बैंकहरुले कर्जाको ब्याज घटाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केही समय अगाडि बैकर्स संघका अध्यक्ष सुनिल केसीले आन्दोलन विकल्प नभएको र ब्याजदर बिस्तारै घट्दै जाने अभिव्यक्ति दिएका थिए ।

अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार सानिमा बैंक लिमिटेडले दुई प्रतिशत ब्याज घटाएको भन्दै ऋणीलाई खबर गरेका छन् । ‘बैंकको ऋणको ब्याजमा २ प्रतिशत कम गरिएको फोन आयो । अब ब्याजदर घट्दै जानेछ ।’– ऋणको ब्याज घटेको खबर आएको पुष्टी गर्दै दीपक गौतमले भने । यता सिटिजन्स बैंकले पनि केही प्रतिशत ब्याज घटाएको भन्दै ऋणीलाई खबर गरेका ऋणीले बताएका छन् ।

अन्य बैंकहरु गरी करिब आधा दर्जन वाणिज्य बैंकहरुले कर्जाको ब्याज घटाईसकेकोसमेत ऋणीलाई जानकारी गराएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: