×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ब्याज घटाउ’ भन्दै राष्ट्र बैंक घेर्न पुगे व्यवसायी (फोटो-कथा)

PRIME CA

‘ब्याज घटाउ’ भन्दै राष्ट्र बैंक घेर्न पुगे व्यवसायी (फोटो-कथा)

२९ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बैंकहरुको चर्को ब्याजदर घटाउन माग गर्दै उद्योगी/व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रदर्शन गरेका छन् । सोमबार ‘ब्याज घटाउ’ भन्दै राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

विरोधका क्रममा उनीहरुले आफूहरुको शान्तीपूर्ण आन्दोलनप्रति राज्य र नियामक निकायले चासो नदिएको आरोप समेत लगाएका छन् । लामो समयको आन्दोलनलाई सरकारले बेवास्ता गरेपछि आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउदै सम्बन्धित निकायको कानसम्म आवाज पुर्याउन बालुवाटारमा प्रदर्शन गरेको व्यवसायीहरुको भनाई छ ।

बैंकको ब्याजदर महंगो भयो, प्रिमियम दर नियन्त्रण गर, बैंकहरुले व्यवसायीहरुलाई दुःख दिने काम बन्द गर लगायतका ब्याजर र पम्प्लेटसहित व्यवसायीहरु सडकमा धर्नासमेत बसेका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: