×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तराई मधेशमा चैती छठको रमझम…(फोटो-कथा)

PRIME CA

तराई मधेशमा चैती छठको रमझम…(फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार

काठमाडौं । तराई मधेशमा निकै उत्साहका साथ मनाइने चैती छठको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ चढाउन ब्रतालुहरु पोखरी घाट पुगेका छन् । जनकपुरधामका पोखरीहरुमा वासन्ती अर्थात चैती छठ मनाउन श्रद्धालुहरुको चहलपहल बढेको छ ।

तराई मधेशका जिल्लाका केहि स्थानमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ चैत्र शुक्ल चतुर्थीदेखि सप्तमीसम्म (चार दिन) विभिन्न विधिसाथ मनाउने चलन छ । जनकपुरधामको गंगासागर लगायतका पोखरीमा सोमबार साँझ ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् ।

छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको यो पर्व सप्तमीका दिन अर्थात् मंगलबार (भोली) बिहान उदाउँदा सूर्यलाई घाटमै अर्घ चढाएपछि सम्पन्न हुन्छ । यो व्रतको प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: