×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंद्धारा अनिश्चितकालीन नेपाल बन्दको घोषणा, बैंकविरुद्धको आन्दोलन अझै चर्काउने (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुर्गा प्रसाईंद्धारा अनिश्चितकालीन नेपाल बन्दको घोषणा, बैंकविरुद्धको आन्दोलन अझै चर्काउने (भिडियो)

Artha Sarokar

२५ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनको नेतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले नेपाल बन्दको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेका प्रसाईंले चैत्र २४ गतेदेखि नेपाल बन्द गर्नेसमेत घोषणा गरेका हुन् ।

प्रसाईंले पत्रकार सम्मेलनबाटै प्रत्येक शनिबार दिउँसो १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्बासीहरु र फुटपाथमा व्यापार गर्नेहरुलाई जम्मा गरी माइतीघर मण्डलाबाट जुलुससहित बानेश्वरमा कोण सभा गर्ने घोषणा गरेका छन् ।

त्यस्तै, उनले आन्दोलनको थप कार्यक्रम अन्तर्गत चैत्र १ गतेदेखि १९ गतेसम्म हेटौँडा, पोखरा, जनकपुर, वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर, धरान, विराटनगर, इटहरी र दमकमा वृहत आमसभा गर्ने घोषणा गरेका छन् । योसँगै चैत्र २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, कर नतिर्ने, मालपोतमा जग्गा पास नगर्ने, राँके जुलुस गर्ने लगायतका कार्यक्रम गर्ने प्रसाईंले बताएका छन् ।

प्रसाईंले पत्रकार सम्मेलनमार्फत चैत्र १ गतेदेखि राष्ट्रव्यापी रुपमा महाअभियानको गठन गर्ने लगायतका बिरोध कार्यक्रमको घोषणासमेत गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी