Skip to content
LAXMI SUNRISE BANK

दुर्गा प्रसाईंको दाबी – ‘मलाई अहिले ऋण थप्नु परेको छैन, चाहिँदा जुनसुकै बैंकले ऋण दिन्छन्’

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आफुलाई तत्काल ऋण थप्नु नपरेको र आफुलाई ऋण चाहिँदा जुनसुकै बैंकले पनि ऋण दिने दाबी गरेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै उनले आफु अहिले पनि बैंकहरुका लागि एक नम्बर क्लाइण्ट भएकाले आफुलाई चाहिँदा बैंकले ऋण दिने दाबी गरेका हुन् ।
उनले नाम नै किटेर नबिल बैंकले आफुलाई पैसा दिने दाबी गरेका छन् । ‘मलाई ऋण नदिने भनेर कसले निर्णय गर्यो ? म आज पनि बैंकका सीइओहरुसँगको नियमित सम्पर्कमा छु  । मैले ब्याज र किस्ता पनि नियमित तिरिरहेको छु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै प्रसाईंले भने- ‘म आज पनि बैंकहरुको एक नम्बर क्लाइण्ट हो ।’
‘आजको दिनमा तपाईंलाई बैंकले ऋण दिन्छ त ?’ हाम्रो प्रश्नमा प्रसाईंले भने- ‘किन दिंदैन ? आउनुहोस्, नबिल बैंकका सीइओलाई भेट्न जाउँ, अनि थाहा हुन्छ, बैंकले मलाई ऋण दिन्छ कि दिंदैन भनेर ।’
उनले दैनिक रुपमा आफुलाई लघुवित्तका ऋणीहरुले आत्महत्या गर्नुपर्ने स्थिति आएको भन्दै फोन गर्ने गरेको समेत बताएका छन् । ‘मैले मान्छे धेरै मरे, नमरुन् भनेर अभियान चलाएको हुँ । मेरो केसमा मैले ब्याज पनि नियमित तिरिरहेको छु र मलाई बैंकबाट ऋण लिन कुनै समस्या छैन ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK