×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकले पनि प्रिमियम घटायो, ऋणीलाई राहत !

PRIME CA

एभरेष्ट बैंकले पनि प्रिमियम घटायो, ऋणीलाई राहत !

अर्थ सरोकार

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार

काठमाडौँ । एभरेष्ट बैंकले पनि कर्जाको ब्याज घटाएको छ । बैंकले आफ्ना ऋणीहरुलाई एसएमएसमार्फत ब्याजमा लगाइएको प्रिमियम घटेको जानकारी दिएको हो । प्रचलित व्यवस्था अनुसार चैत्र मसान्तमा मात्रै ब्याजदर घटाउन पाउने भएपनि प्रिमियम भने घटाउन पाइन्छ । घटेको प्रिमियम चैत्रबाट लागु हुनेछ ।
बैंकहरुले बेस रेटमा प्रिमियम जोडेर ब्याजदर तोक्ने हुनाले   प्रिमियम घटेसँगै तिर्नुपर्ने ब्याजको रकम पनि घट्छ । एभरेष्ट बैंकले हाललाई १ प्रतिशत प्रिमियम घटाएको हो । सानिमा बैंक र सिटिजन्स बैंकले यसअघि नै प्रिमियम घटेको जानकारी आफ्ना ऋणीहरुलाई गराईसकेका छन् ।  । सानिमा बैंक र सिटिजन्स बैंकले २-२ प्रतिशतका दरले प्रिमियम घटाएर ब्याज सस्तो बनाएका हुन् ।
केहि समय अघि बैंकर्स संघका अध्यक्ष सुनील केसीले बिस्तारै ब्याजदर घट्दै जाने र आन्दोलनले समाधान नदिने बताएका थिए । एभरेष्ट बैंक, सानिमा र सिटिजन्स बैंकले प्रिमियम घटाएपछि अन्य बैंकले पनि प्रिमियम घटाउने विषयमा आन्तरिक तयारी गरिरहेका छन् ।
पछिल्लो समय बैंकहरुले ब्याज बढी लिएर ऋणीहरु मर्कामा परेको भन्दै चौतर्फी आन्दोलन चर्किरहेको छ । यस्तो बेला बैंकहरुले घटाएको प्रिमियमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: