×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आहा ! फेवाताल… (फोटो-कथा)

PRIME CA

आहा ! फेवाताल… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ५ चैत्र २०७९, आईतवार

काठमाडौं । कास्की जिल्लाको पोखरा उपत्यकामा रहेको फेवातालको आकर्षण दिनप्रतिदिन बढ्दो छ । ‘फेवा’ गाउँको छेउमा रहेको फेवातालको बीचमा रहेको ‘बराही’ मन्दिरले तालको सुन्दरतालाई झनै बढाएको छ । नेपालको दोस्रो ठूलो तालको रुपमा रहेको फेवातालको सौन्दर्यता देखेर जो कोही पनि मन्त्रमुघ्द हुनेगर्छन् ।

यसो त पर्यटनको मुख्य गन्तव्य फेवाताल करिब ५.२३ वर्ग किलोमिटर (२ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ । अझ फेवातालमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य हेर्नकै लागि पनि यहाँ दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन् । यसै पनि पोखराको आधार सौन्दर्यता फेवातालमै कैद भएको महसुश हुन्छ पोखरा पुग्ने अधिकांश पर्यटकहरुलाई ।

फेवाताल डुङ्गा शयरदेखि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकनका लागि निकै प्रख्यात छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: