Skip to content
LAXMI SUNRISE BANK

संसदमा सांसद हरि ढकालको प्रश्न – ‘लगानीकर्ताले कति रकम गुमाएपछि सेयर बजारमा सरकारको ध्यान जान्छ?’

अर्थ सरोकार

काठमाडौँ । सांसद हरि ढकालले सेयर बजारप्रति सरकारको ध्यान कहिले जान्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको शुन्य समयमा सांसद ढकालले यस्तो प्रश्न गरेका हुन् ।
ढकालले १९ महिनाको अवधिमा सेयर लगानीकर्ताले १४ खर्ब गुमाईसकेको उल्लेख गर्दै लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले सेयर बजारबारे ध्यान पुर्याउछ भन्दै प्रश्न गरेका हुन्।
‘१९ महिनादेखि निरन्तर ओरालो लागेको शेयरबजारबाट लगानीकर्ताले १४ खर्ब लगानी गुमाईसकेका छन्, अब कति खर्ब गुमाएपछाडी सरकार ध्यान पुर्याउने हो , ध्यान दिने हो . लगानीकर्ताले अब कति रकम , कति लगानी गुमाउने पर्ने हो ?’ संसदमा उनले भने ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK