×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सले ‘गैरकानुनी’ बीमा बेचेको खुलासा, कारोबार रोक्का गर्नुपर्नेमा २ लाखमै उन्मुक्ति !

BIZBAZAR
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले गैरकानुनी रुपमा उधारोमा बीमा बेच्ने गरेको खुलासा भएको छ । बीमा प्राधिकरणको स्थलगत सुपरिवेक्षणका क्रममा यस्तो भेटिएको हो । गैरकानुनी रुपमा उधारो बीमा गरेको भेटिएपछि प्राधिकरणले यी दुई कम्पनीलाई कारवाही प्रक्रियासमेत अगाडी बढाएको छ ।
बीमा प्राधिकरणका एक उच्च अधिकारीले दुई बीमा कम्पनीलाई कारवाही प्रक्रिया अगाडी बढाइएको पुष्टी गरे । ‘उधारो बीमा गरेको पाइएपछि प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सलाई कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने -‘प्राधिकरणले २ वर्षअघि नै स्प्रष्ट रूपमा उधारो बीमा लेख बिक्री नगर्न निर्देशन दिइसकेको भए पनि अहिले पनि उधारोमा बीमा गरिएको भेटिएको छ । कानुनअनुसार कम्पनीलाई नगद जरिवाना हुन्छ । प्रचलित कानुन अनुसार प्राधिकरणले दुवै बीमा कम्पनीलाई २-२ लाख जरिवाना गराउनेछ ।’
आफुसँग ठुलै अधिकार भए पनि हाललाई भने २ लाख जरिवाना तिराएर दुई कम्पनीले गरेको गैरकानुनी कामलाई उन्मुक्ति दिने तयारी प्राधिकरणको छ । ‘हुन त यी दुई कम्पनीलाई जरिवाना तिराउने मात्र होइन, शाखा विस्तारमा रोक लगाउने, कारोबार रोक्का गर्ने, र लाभांश वितरणमा समेत रोक्का गर्न सक्ने अधिकार प्राधिकरणसँग छ । तर तत्कालका लागि भने २ लाख रुपैयाँ जरिवाना तिराउने भन्ने आन्तरिक तयारी छ ।’
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal