×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कर्मचारी कुटिएपछि जीवन बिकास लघुवित्तका सीइओसँगको अन्तर्वार्ता – ‘कर्मचारी निरुत्साहित भए, सुरक्षा चाहियो’

काठमाडौँ । जीवन बिकास लघुवित्तका कर्मचारी कुटिएका छन् । संस्थाका कर्मचारीले गर्भवती महिलामाथि हातपात गरेको भन्दै स्थानीयले उनीहरुलाई कुटेको दाबी स्थानीयले गरिरहेका छन् भने संस्थाले भने किस्ताको निहुँमा लघुवित्तविरोधीहरुले आफ्ना कर्मचारीमाथि हातपात गरेको भनिरहेका छन् । प्रहरीले संस्थाका कर्मचारीलाई पक्राउ गरेपछि संस्थाले पत्रकार सम्मेलन नै गरेर यस विषयमा जानकारी गराएको थियो । तर प्रहरीले भने कसैलाई नसमातेको दाबी यसअघि गरिरहेको थियो ।  तर प्रहरीले जीवन बिकासका कर्मचारी पक्राउ गरेको भिडियो अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि संस्थाका कर्मचारी पक्राउ परेको प्रमाणित भएको छ भने प्रहरीले झुट बोलेको खुलेको छ । त्यसपछि हामीले लघुवित्तका सीइओ संजय कुमार मण्डलसँग कुराकानी गरेका छौँ।

१. प्रहरीले कसैलाई पक्राउ गरिएको छैन भन्छ, फेरी पक्राउ गरिएको भिडियो बाहिरिएको छ, तपाईका कर्मचारी पक्राउ परेका हुन् कि होइनन् ?
हो । हाम्रा कर्मचारी पक्राउ परेको सत्य हो । शनिबार बिदाको दिन लघुवित्त विरुद्ध संघर्ष समितिको कार्यक्रम भएको ठाउँमा लघुवित्तको कर्मचारी हो भन्ने थाहा पाएर कर्मचारीमाथि हातपात भएको रहेछ । उनी करारका कर्मचारी हुन् । उनीहरुमाथि कुटपिट पनि भएछ । पछि प्रहरीले नियन्त्रणमा लिएका कर्मचारीलाई अहिले छोडिदिएको छ ।

२. कर्मचारीले त गर्भवती महिलालाई हातपात गरेपछि घटना भएको हो भन्ने स्थानीयको आरोप छ नि ? 

होइन । यो सरासर झुठो आरोप हो । पहिला उनीहरुले कर्मचारीमाथि कुटपिट गरेका रहेछन् । अनि आफू बच्नको लागि कर्मचारीले हातपात गर्यो भनेर आरोप लगाएका रहेछन् । जहाँसम्म गर्भवती महिलालाई हातपात गरियो भन्ने आरोप लागेको छ, ती महिलालाई कर्मचारीले भेटेकासमेत थिएनन् । बरु संघर्ष समितिकी शसिला थापासँग केही भनाभन भएको रहेछ । त्यही बेला कर्मचारील एक्लै देखेर उल्टै कर्मचारीमाथि कुटपिट भएको हो । सो घटनामा लघुवित्तका कर्मचारीको कुनै दोष नभएको जानकारी पनि हामीले गराईसकेका छौँ ।

३. खुलेआम कर्मचारी कुटिन थालेपछि संस्थाका अरु कर्मचारी पनि असुरक्षित भए नि, होइन र ?
हो नि । यस्ता घटनाले कर्मचारी असुरक्षित मात्रै भएका छैनन्, बरु काम गर्न पनि निरुत्साहित भएका छन् । यो घटनामामा लघुवित्तका कर्मचारीको कुनै पनि दोष छैन । कर्मचारी त कुटिए, उनीसँग साथमा भएकै कारण अर्का एकजना स्थानीय पनि कुटिएका छन् । बिना कारण संस्थाका कर्मचारी कुटिएपछि हाम्रो पनि घटनाप्रति ध्याकर्षण भएको छ, विज्ञप्ती निकालेरै दोषिमाथि कार्वाहीको पनि माग गरेका छौँ ।

४. कर्मचारी कुटिँदा तपाईहरुको काम विज्ञप्ती निकाल्ने मात्रै हो कि अन्य केही प्रक्रिया पनि अघि बढाउनुभएको छ ?
हामीले गर्नुपर्ने काम गरिरहेकै छौँ । त्यहाँ संस्थाका कर्मचारी पनि थिए,  सर्वसाधारण पनि थिए । कुटपिट गर्ने मान्छे पहिचान गरेर किटानी जाहेरी दिने प्रक्रिया अघि बढाईएको छ । संस्थाको तर्फबाट हामिले पत्रकार सम्मेलन गरेरै घटनाको बारेमा यथार्थ जानकारी गराएका छौँ । बाँकी प्रक्रिया त पीडितले अघि बढाउँदै छन् । हालसम्म जाहेरी दर्ता भएको छैन भन्ने जानकारी पाएका छौँ ।

५. लघुवित्तका कर्मचारीमाथि दुव्र्यवहार भईरहँदा लघुवित्त बैंकर्स संघ किन मौन छ ? केही थाहा नै नभएको हो कि वास्ता नगरिएको हो ?
त्यस्तो होइन, यी सबै घटनाका विषयमा लघुवित्त बैंकर्स संघ जानकार छ । केही समयअघि मात्रै हामीले प्रादेशिक सम्मेलन गरेरै यो समस्यालाई गम्भीर रुपमा उठान गरेका छौँ । हुन त गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्था र लघुवित्तविरुद्ध अराजक गतिविधि गर्नेलाई कार्वाही गर्न सर्कुलर जारी गरेको थियो तर यी सबै आदेश, सर्कुलर पत्रमा मात्रै सिमित भयो । अब लघुवित्तविरुद्ध आन्दोलन गर्ने, लघुवित्तका कर्मचारीलाई कुटपिट गर्नेसँग हामी भिड्ने त कुरा हुँदैन, भोली फेरी त्यही गाउँमा जानुपर्छ । त्यसैले हामीले महिलाहरुलाई वा लघुवित्तसँग जोडिएका सदस्यहरुलाई वित्तीय सचेतना फैलाउने गरी तयारी गरेका छौँ । लघुवित्त बैंकर्स संघको बैठक फेरि बस्दैछ, यी कुराहरु गम्भीर रुपमा उठाउँछौं ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: