काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिटरब्याजी पीडितका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन् । महोत्तरीदेखि हिँडेरै काठमाडौं पुगेका मिटरब्याजी पीडितको आन्दोलनमा पुगेका नेता खनालले यस्तो बताएका हुन् ।
मिटरब्याजका कारण उठीबास लागेको भन्दै न्यायको खोजीका काठमाडौँ पुगेका मिटरब्याजी पीडितका मागप्रति खनालले ऐक्यबद्धता जनाएका छन् । ‘मिटरब्याजी पीडितहरुको माग जायज छन् । मिटरब्याज पीडितमाथि अन्याय भएकै हो ।’, उनले भने, ‘मिटरब्याजका नाममा हुने शोषण सच्चिनुपर्छ । मिटरब्याजी पीडितका माग सरकारले पुरा गर्नैपर्छ ।’
त्यस्तै, नेता खनालले पीडितहरूले चलाएको आन्दोलनलाई आफ्नो पार्टीले समर्थन गर्नेसमेत बताएका छन् । आफ्नो स्तरबाट माग पुरा गर्न सक्दो प्रयास गर्ने आश्वासन दिँदै नेता खनालले मिटरब्याजीहरूले गर्ने शोषणलाई सरकारले अविलम्ब रोक्नुपर्ने बताएका छन् ।
योसँगै उनले जनताका निम्ति ल्याएको परिवर्तन जनताकै हितमा हुने धारणा राखेका छन् । सरकारले माग पूरा गर्ने बचन दिएपछि आन्दोलन स्थगित गर्न समेत नेता खनालले पीडितसँग आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्