×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किस्ता उठाउन गएका लघुवित्तकर्मीलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले, लघुवित्तकर्मी भन्छन्- ‘राज्यविहीन भयौँ’

PRIME CA

किस्ता उठाउन गएका लघुवित्तकर्मीलाई विप्लवका कार्यकर्ताले कालोमोसो दले, लघुवित्तकर्मी भन्छन्- ‘राज्यविहीन भयौँ’

१७ फाल्गुन २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले लघुवित्तका कर्मचारीलाई कालोमोसो दलेका छन् । ऋणको किस्ता उठाउन गएका बेला विप्लवका कार्यकर्ताले एनआईसी लघुवित्त जाजरकोटका कर्मचारीलाई कालोमोसो दलेका हुन् ।

जाजरकोटको भेरी नगरपालिका ११मा किस्ता उठाउन गएका लघुवित्तका कर्मचारी गोपालप्रसाद उपाध्यायलाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेका हुन् । लघुवित्तले चर्को ब्याज असुलेको, पटक-पटक घरमा ताला लगाउने धम्की दिएको र घरबारविहिन बनाएको भन्दै किस्ता उठाउन आएका लघुवित्तका कर्मचारीलाई कालोमोसो दलिएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कालोमोसोको जिम्मा लिंदै नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले किस्ता र ब्याजका नाममा लघुवित्तले गाउँगाउँमा छिरेर गरेको मनपरीकाविरुद्ध अभियान थालेको बताएका छन् । ‘यो सुरुवात मात्रै हो । चर्को ब्याज घटेन र घरघरमा गएर धम्क्याउने काम बन्द भएन भने संघर्षका गतिविधि थप सशक्त हुन्छन् ।’ उनले भने- ‘हामीले पीडितका पक्षमा आवाज उठाएका हौँ । हदै भएपछि सचेत गराउन कालोमोसो दलिएको हो ।’

यता नेपाल लघुवित्त बैंकर संघका पूर्व अध्यक्ष बसन्त लम्सालले भने किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्नु गलत कार्य भएको बताएका छन् । कानुनी राज्यमा आफ्नो जिम्मेवारी निभाईरहेको कर्मचारीलाई अपराधीजसरी कालोमोसो दल्दा राज्यविहीनताको आभास हुने उनको भनाई छ । ‘लघुवित्तकर्मीलाई कालोमोसो दल्न पाइन्छ ? यहाँ राज्य खोई ? जसले जे गर्दा पनि हुने हो ?’ उनले भने– ‘लघुवित्तका कर्मचारीमाथी यसरी दुव्र्यवहार गरिनु, कालोमोसो दल्नु र कुटपिटसम्म गर्ने कार्य राज्यविहीनताको उदाहरण हो।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: