Skip to content
LAXMI SUNRISE BANK

सरकारले घटायो अफिस टाइममा कर्मचारीको खाजा खाने समय

अर्थ सरोकार

काठमाडौं । सरकारले निजामती र सरकारी सेवाका कर्मचारीको खाजा खाने समय घटाएको छ । सार्वजनिक बिदा र बिदाका दिन पनि सरकारी कार्यालय खोल्ने प्रस्तावमा सरकारले कर्मचारीको खाजा खाने समय पनि घटाउने व्यवस्था थप गरेको हो ।

योसँगै अब निजामती र सार्वजनिक सेवाका कर्मचारीले कार्यालय समयमा आधा घण्टाभित्रै खाजा खाईसक्नुपर्नेछ ।

मन्त्रीपरिषद्को बैठकबाट निर्णय भएको प्रस्तावमा यो व्यवस्था समेत थप गरिएको हो । मन्त्रिपरिषद्बाट निर्णय भएको प्रस्तावअनुसार सरकारी सेवाका कर्मचारीको खाजा खाने समय दिउँसो १ः३० बजेदेखि २ बजेसम्म तोकिएको छ ।

सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र खाजा खाने निहुँमा कर्मचारीले घण्टौसम्म काम नगर्ने गरेको गुनासो बढ्न थालेपछि सरकारले यस्तो व्यवस्था लागू गर्ने भएको हो । मन्त्रिपरिषद्ले गरेको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK