×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्ती वालेटमा ७० लाख हिनामिना, २ कर्मचारी पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

खल्ती वालेटमा ७० लाख हिनामिना, २ कर्मचारी पक्राउ

Artha Sarokar

१३ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ७० लाख हिनामिना गरेको आरोपमा खल्तीका २ कर्मचारी पक्राउ परेका छन् । कम्पनीले दिएको उजुरीपछि कम्पनीमा कार्यरत सन्देश स्वाँर र अनिल कार्की पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो। मोबाइल वालेटमा होल्डमा हुने कारोबारको हिसाब मिलाउन बनाइएको फन्डको रकम उनीहरूले डिजिटल कारोबारमार्फत आफूले नै प्रयोग गरेका थिए । यो प्रकरण बाहिरिएपछि प्रहरीले उनीहरुविरुद्ध सीआईबीमा उजुरी गरेको थियो ।

पक्राउ परेका उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी