×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंमा किसानहरुको प्रदर्शन, लघुवित्तको ज्यादती रोक्नदेखि महंगी नियन्त्रण गर्न माग ! (फोटो-कथा)

PRIME CA

काठमाडौंमा किसानहरुको प्रदर्शन, लघुवित्तको ज्यादती रोक्नदेखि महंगी नियन्त्रण गर्न माग ! (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार

काठमाडौं । किसानसँग सम्बन्धित विभिन्न माग राख्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघलगायतका संगठन आवद्ध संयुक्त किसान संघर्ष समितिले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले लघुवित्तको ज्यादती रोक्नु पर्ने र मिटरब्याजको समस्या समाधान गर्नुपर्ने माग गरेका थिए ।

त्यस्तै, शान्तीपूर्ण प्रदर्शन गर्दै उनीहरुले रासायनिक मलखादको समस्यालाई तत्काल समाधान गर्नुपर्ने, सरकारसंग यसअघि भएको सहमति कार्यान्वयन गर्नुपर्ने लगाएतका माग राखेका थिए । नेकपा एस निकट अखिल नेपाल किसान संगठनका अध्यक्ष बलराम बास्कोटाका अनुसार सरकारसँग कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नु पर्ने लगायतका माग समेत राखिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: