×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

एनआईसी एशिया बैंकका कर्मचारीमाथि कुटपिट, दोषीलाई कार्वाही गर्न सिबिफिनको माग

BIZBAZAR

काठमाडौं । पर्वतमा एनआईसी एशिया बैंकका कर्मचारीमाथि कुटपिट भएको छ । बिहीबार म्याग्दीबाट कर्जा असुलीका लागि  पर्वत गएका एनआईसी एशिया बैंकका शाखा प्रबन्धक बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि कुटपिट भएको हो ।

किस्ता उठाउन गएका बेला बैंकका कर्मचारीमाथी कुटपिट भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक मधुसुधन न्यौपानेले पुष्टी गरेका छन् । ‘बैंकका कर्मचारी आफ्नो किस्ता उठाउनका लागि जानु भएको रहेछ । सोही क्रममा वादविदाह हुँदा होटलका साहूले मिक्सले टाउकोमा हिर्काएछन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी न्यौपानेले भने, ‘पीडितलाई उपचारपछि डिस्चार्ज गरिएको छ । कुटपिट गर्नेलाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान जारी छ ।’

यता बैंकका कर्मचारीमाथि भएको कुटपिटको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आपत्ति जनाएको छ । एक विज्ञप्ती जारी गर्दै सिबिफिनले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण हुनु भनेको समग्र बैंकिङ क्षेत्रमाथि नै प्रहार गर्नु सरह भएको भन्दै घटनाको घोर भत्सर्ना गरेको छ । ‘निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं ।’– विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै, पटक–पटक बैंकका कर्मचारीमाथि कुटपिट र आपराधिक गतिविधि हुँदा पनि राज्य मौन हुनुले राज्यको शान्ती सुरक्षा व्यवस्थाको नै खिल्ली उडाएको सिबिफिनद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसरी दिनहूँ रुपमा अराजक गतिविधिले प्रसय पाउँदा समग्र सिस्टम नै बिथोलिनेप्रति चिन्ता व्यक्त गर्दै सिबिफिनले दोषिमाथि कडा कार्वाही र आवश्यक सुरक्षाको माग गरेको छ ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal