×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आधा दर्जन लघुवित्तमा ताला लगाएको आरोपमा नेकपाका कार्यकर्ता पक्राउ, नि:शर्त रिहाईको माग (विज्ञप्तिसहित)

काठमाडौँ । विभिन्न लघुवित्तमा ताला लगाएको आरोपमा प्रहरीले नेकपा (बहुमत)का कार्यकर्तालाई पक्राउ गरेको छ । शुक्रबार राती उनलाई उनकै घरबाट पक्राउ गरिएको हो । चैत्र १ गते उनको नेतृत्वमा विभिन्न लघुवित्तहरुमा ताला लगाउने काम भएको प्रहरीको भनाई छ ।
पक्राउ पर्ने व्यक्ति नेकपा (बहुमत) लुम्बिनी ब्युरोले पार्टीका ब्युरो सदस्य एवम् रूपन्देही जिल्ला संयोजक रहेको पार्टीले जनाएको छ । राती १२ः४० बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा नवलपरासी प्रहरीले उनलाई पक्राउ गरेको पार्टीको भनाई छ । बुधबारमात्र लुम्बिनीका आधा दर्जन बढी लघुवित्तका शाखामा नेकपा (बहुमत)का कार्यकर्ताले तालाबन्दी गरेका थिए । अहिले उनलाई प्रहरीले हिरासतमा राखेको छ ।
यता आफ्ना कार्यकर्तालाई विनाकारण पक्राउ गरिएको र विनासर्त रिहाई गर्नुपर्ने माग गर्दै पार्टीले विज्ञप्ति नै जारी गरेर आफ्ना कार्यकर्ता पक्राउको भ्रत्सना गरेको छ ।
‘हाम्रो देशमा दलाल राज्य व्यवस्थाको राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त गरेका तीन प्रकारका लघुवित्त संस्थामध्ये खुद्रा कारोबार गर्ने लघुवित्त संस्थाले विपन्न र न्यून आय भएका जनतालाई सदस्य बनाएर ऋण प्रवाह गर्ने गरिरहेको र लघुवित्तले ऋण प्रवाह गरेर जनताको जीवनस्तर उठाउनुको सट्टा जनताको उठीबास बनाएको उल्लेख छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र बैङ्कको भन्दा चौबर ब्याज लिने गरेको छ । विपन्नलाई झन् गरिब बनाउँदै लगेको छ । मासिक किस्ता असुल गर्दा ऋणीहरूको सामाजिक बदनाम गर्ने, आत्महत्या गर्न दुरुत्साहन गर्ने, गाली–बेइज्जती गर्ने, धम्क्याउने, मनपरी सेवाशुल्क काट्ने, जनताको जिन्सी, मोबाइल, खसीबाख्रा जफत गर्ने र असभ्य अभद्र व्यवहार गर्दै आएको छ । लघुवित्त संस्थाका कारण ऋणीहरूको जङ्गलमा हप्तौँ बास हुने गरेको र पटकपटक गरी दर्जनौँले आत्महत्या गरेको समाचार सार्वजनिक भैरहेका छन् । आज लघुवित्त संस्थाहरू नवसामन्त भै जनतालाई धेरै दुःख दिइरहेका छन् । दलाल राज्य व्यवस्था भए–रहेसम्म जनताका समस्या कहिल्यै हल हुँदैनन् । यो दलाल पुँजीवादी सत्ताको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने आन्दोलनमा एकताबद्ध भई अगाडि बढ्न जरुरी छ ।’
प्रहरीले भने थप अनुसन्धान भईरहेको जनाएको छ ।
नेकपा (बहुमत)का कार्यकर्ताहरुले चैत्र १ गतेदेखि देशभर विभिन्न लघुवित्तहरुमा तालाबन्दी गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: