×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किस्ता नतिरेको भन्दै गर्भवती महिलामाथि हातपात गरेको आरोपमा लघुवित्तका कर्मचारी पक्राउ, सीइओको तर्क अर्कै !

काठमाडौँ । जीवन बिकास लघुवित्तका कर्मचारी पक्राउ परेका छन् । लघुवित्त वित्तीय संस्थाका गौरीगञ्ज शाखामा कार्यरत कर्मचारी त्रिदेव मण्डलमाथि मोरङको धनपालथान गाउँपालिकामा कुटपिट भएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले जानकारी दिए । उनका अनुसार कर्मचारी माथि कुटपिट भएपछि घटनाबारे जानकारी लिन पुगेका कर्मचारीहरू दिना मण्डल ,गायत्री मण्डल र स्थानीय दुई जनालाई पनि प्रहरी पक्राउ गरेको हो ।
भएको के हो ?
संस्थाका सीइओ मण्डलका अनुसार जीवन बिकास लघुवित्तका कर्मचारी त्रिदेव मण्डल हाट बजारमा किनमेल गर्दै थिए । यहि क्रममा लघुवित्त संघर्ष समितिमा संलग्नहरुले उनीमाथि हातपात गरे । उनको दाबी अनुसार कुटपिट गर्नेहरुले मादक पद्धार्थसमेत सेवन गरेका थिए । कुटपिटपछि गाउँलेहरु जम्मा हुन थालेपछि कुटपिट गर्नेहरुले लघुवित्तका कर्मचारीहरुले गर्भवती महिलामाथि हातपात गरेको झुटो दाबी गरेको मण्डलको भनाई छ । घटनास्थलबाट प्रहरीलाई झैँझगडा भईरहेको जानकारी गएपछि प्रहरी आएर ती कर्मचारीलाई पक्राउ गरी लगेको थियो । जीवन बिकास लघुवित्तका अनुसार उदयपुरकी शशिला थापाको समूहले संस्थाका कर्मचारीमाथि आक्रमण गरेका थिए ।
यता स्थानीयको तर्क भने बेग्लै छ । स्थानीयका अनुसार लघुवित्तका कर्मचारीले त्यसअघि पनि थुप्रै पटक गर्भवती महिलामाथि किस्ता नतिरेको भन्दै अभद्र व्यवहार गर्दै आएका थिए । यहि विषयमा शनिबार लघुवित्तका कर्मचारी र संघर्ष समितिका सदस्यहरुबीच उग्र भनाभनसमेत भएको थियो । भनाभनका क्रममा लघुवित्तका कर्मचारीहरुले अपशब्दसमेत बोलेको र त्यहि रिसमा उनीहरुमाथि स्थानीय जाई लागेको स्थानीयको भनाई छ । घटनास्थलबाट प्रहरीपनि स्थानीयले नै बोलाएका थिए ।
प्रहरी आईसकेपछि पनि लघुवित्तका कर्मचारीहरुलाई स्थानीयले कुटेका थिए । प्रहरीले हतकडी लगाएर लघुवित्तका कर्मचारीलाई भ्यानमा हालेर लगेको थियो ।
सीइओ भन्छन्- ‘अराजकताको पराकाष्टा भयो, राज्यको अनुभूति भएन’
यता लघुवित्तका सीइओ संजय कुमार मण्डलले एक विज्ञप्ति नै जारी गरेर आफ्ना कर्मचारीमाथि भएको हातपातको निन्दा गरेका छन् । बिदामा रहेका आफ्ना कर्मचारीहरुलाई लघुवित्तविरुद्ध लागेकाहरुले हातपात गरेको घटनाप्रति भ्रत्सना गर्दै सीइओ मण्डलले आफ्ना कर्मचारीमाथि कुटपिट भएको र कुटपिट भएका कर्मचारीहरुका बारेमा बुझ्न गएका थप कर्मचारीहरुलाई पनि प्रहरीले उल्टै पक्राउ गरेको दाबी गरेका छन् ।
सीइओ मण्डलद्वारा जारी विज्ञप्तिमा प्रहरीबारे पनि असन्तुष्टी पोखिएको छ । आफ्ना कर्मचारी पक्राउ गरेको विषयमा असन्तुष्टी पोख्दै सीइओ मण्डलले कर्मचारीको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।
केहि दिनअघि मात्र गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सुरक्षा दिन सर्कुलर जारी गरेको थियो । तर सर्कुलर जारी भएको केहि दिनपछि नै लघुवित्तका कर्मचारीहरु निर्घात कुटिएका छन् । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । घटनाबारे लघुवित्त बैंकर्स संघमा पनि जानकारी दिईएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: