×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

लोकसेवाप्रतिको आकर्षणः ३ हजार पदका लागि ३ लाखले दिए आवेदन, तयारी कक्षा सञ्चालन गर्नेहरु मालामाल

BIZBAZAR

काठमाडौं । पछिल्लो समय लोकसेवा आयोगद्धारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा सहभागी हुनेहरु बढेका छन् । अत्याधिक बेरोजगारीको समस्याकाबीच लोकसेवाले विभिन्न पदका लागि आवेदन माग गरेसँगै यसतर्फ युवायुवतीहरुको आकर्षण बढेको हो ।

यसैबीच आर्थिक वर्ष २०७८ ७९ मा लोकसेवाले आह्वान गरेको ३ हजार ७ सय २७ पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ जनाको दरखास्त परेको छ ।

आयोगले विभिन्न निकायबाट रिक्त पदपूर्तिका लागि माग भएअनुरुप ५ सय ८२ वटा बढुवा सूचना, १ सय २५ वटा आन्तरिक प्रतियोगिता, २ सय ५२ वटा खुला प्रतियोगिता र ४ सय ३८ वटा विभिन्न समावेशी समूहका गरी जम्मा १ हजार ३ सय ९७ वटा विज्ञापन प्रकाशन गरिएको थियो । सोमध्ये बढुवातर्फ आप्रबाहेक १ हजार २ सय ३३, आन्तरिक प्रतियोगितातर्फ २ सय ७१, खुला प्रतियोगितातर्फ १ हजार २ सय ६ तथा समावेशीतर्फ १ हजार १७ गरी ३ हजार ७ सय २७ पदका लागि आयोगले दरखास्त माग गरेको थियो ।

लोकसेवा आयोगले माग गरेको ३ हजार ७ सय २७ पदका लागि परेको ३ लाख ६५ हजार ४ सय ३४ वटा दरखास्तमा देशका ७७ वटै जिल्लाबाट सहभागिता रहेको आयोगले जनाएको छ । योसँगै अहिले बजारमा लोकसेवाका कक्षा सञ्चालन गर्ने इन्सिच्युटहरुले पनि मनग्य पैसा कमाउने निश्चित छ । लोकसेवाको तयारीका लागि अहिले काठमाडौं, पोखरा, चितवन, बुटवल, धनगढी लगायतका मुख्य शहरहरुमा कोठा भाडामै लिएर पनि कक्षा लिनेहरु बढेका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal