×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धुरुधुरु रुँदै पूर्वमन्त्रीले भने- भाईको घरमा शरणार्थी बसेको छु, भाडा तिर्ने हैसियत छैन, सर्वोच्च जान पैसा छैन(भिडियो)

PRIME CA

धुरुधुरु रुँदै पूर्वमन्त्रीले भने- भाईको घरमा शरणार्थी बसेको छु, भाडा तिर्ने हैसियत छैन, सर्वोच्च जान पैसा छैन(भिडियो)

३० फाल्गुन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पूर्व समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपानेले आफ्नो कहिँ-कतै जग्गा-जमिन नभएको बताएका छन् । मंगलबार पत्रकार सम्मलेनमा आफू गाउँमा हुँदा भाईको घरमा शरणार्थी भई बसेको र सहरमा भाँडाको घरमा बसेको भन्दै धुरु धुरु रोएका छन् ।

उनले भृकुटी मण्डपको जग्गा भाडामा दिने सम्बन्धमा विशेष अदालतले गरेको फैसालाप्रति असहमति राख्दै आफुले कुनै गल्ति नगरेको भन्दै धुरु धुरु रोएका हुन् । उनले भने ‘मेरो घर जग्गा हेरियोस्, बैंक व्यालेन्स हेरियोस्, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा हेरियोस् केही पाइएमा आफु सजाय भोग्न तयार छु तर म देशभक्त नागरिकमाथि किन यस्तो ?’

उनले अदालतको आदेश कानून, प्रमाण अनुरुप नभई अन्यायपूर्ण र विबेक हिन भएको आरोपसमेत  लगाएका  छन्  । पत्रकार सम्मेलनमा उनी आफुले विगो र जरिवाना समेत तिर्न नसक्ने भन्दै धुरु धुरु रोएका छन् । यसअघि विशेष अदालतले भृकृडीमण्डपको जग्गा भाडामा दिँदा भएको भ्रष्टाचारमा प्रमुख दोषी ठहरगर्दै पूर्व समाजकल्याणमन्त्री न्यौपानेलाई ९ वर्ष कैद सजाय तोकेको थियो । कैदसंगै उनलाई २ करोड रुपैयाँ बिगो र ४३ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ ।

विशेष अदालतले फागुन १६ गते उनलाई दोषी ठहर हुने फैसला सुनाएको थियो । समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र टेक बहादुर गुरुङसहितलाई मुद्दा दायर गरेको थियो । विशेषले पाँच जनालाई सफाइ दिँदै नौ जनालाई दोषी ठहर गरेको थियो । न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएका थिए । न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले विनाप्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा सस्तो भाउमा भाडामा लगाएको थियो । भिडियो हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: