×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री निवास हिँडेका मिटरब्याजी पीडितलाई प्रहरीले रोक्यो, धर्नापछि पीडितहरु भद्रकाली लागे (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री निवास हिँडेका मिटरब्याजी पीडितलाई प्रहरीले रोक्यो, धर्नापछि पीडितहरु भद्रकाली लागे (फोटो-कथा)

Artha Sarokar

१४ चैत्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । न्याय माग्दै प्रधानमन्त्री निवास हिँडेका मिटरब्याजी पीडितलाई प्रहरीले टंगालमै रोकेको छ । महोत्तरीदेखि काठमाडौंसम्म हिँडेरै पुगेका मिटरब्याजी पीडितहरुलाई मंगलबार प्रहरीले प्रधानमन्त्री निवास जान प्रतिबन्ध गरेको हो ।

बालुवाटार हिँडेका मिटरब्याजी पीडितलाई प्रहरीले टंगालमै रोकेपछि उनीहरुले टंगालमै धर्ना दिएका थिए । ‘मिटरब्याजीलाई कारबाही गर’, ‘मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर’, ‘मिटरब्याजविरुद्ध कानुन निर्माण गर’ लगायतका पम्प्लेसहित धर्ना दिएका उनीहरु टंगालको धर्नापछि भद्रकाली गएका छन् ।

टंगालको धर्ना कार्यक्रममा पुगेर मुख्यसचिवले उनीहरुलाई धर्ना स्थगित गर्न आग्रह गरे पनि माग पूरा नभएसम्म प्रदर्शन नरोक्ने पीडितहरुले चेतावनी दिएका छन् । मिटरब्याजका कारण उठिबास लागेको भन्दै महोत्तरीबाट हिँडेरै काठमाडौँ पुगेका हुन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी