काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) मिटरब्याजी पीडितलाई भेट्न तयार भएका छन् । न्याय माग्दै महोत्तरीको बर्दिबासदेखि हिँडेरै काठमाडौं आएका मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्री दाहाल तयार भएका हुन् ।
मिटरब्याजी पीडितसँग वार्ता गर्नका लागि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहितको वार्ता समितिसमेत गठन गरेका छन् ।
सरकारले गठन गरको उक्त समितिमा गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उक्त चार सदस्यीस समितिले मिटर ब्याजी पीडितसँग भेट्नेछ भने प्रधानमन्त्रीसँग भेटवार्ताका लागि वातावरणसमेत मिलाउनेछ । मंगलबार बिहान न्याय माग्दै प्रधानमन्त्री निवास हिँडेका उनीहरुलाई प्रहरीले टंगालमै रोकेको थियो । हाल उनीहरुले प्रदर्शन गर्दै भद्रकाली पुगेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्