Skip to content
LAXMI SUNRISE BANK

महोत्तरीदेखि १३ दिन हिँडेर काठमाडौं पुगेका मिटरब्याजी पीडितसँग सरकारले आजै वार्ता गर्ने

अर्थ सरोकार

काठमाडौं । न्याय माग्दै महोत्तरीको बर्दिबासदेखि हिँडेरै काठमाडौं पुगेका मिटरब्याज पीडितसँग सरकारले आज (बुधबार) वार्ता गर्ने भएको छ । वार्ताका लागि सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिलाई मंगलवार नै पीडितसँग वार्ता गर्न भनिएको थियो । तर, तयारी नपुगेको भन्दै मंगलवार वार्ता हुन सकेको थिएन ।

वार्ताका लागि सरकारले टोली गठन गरे पनि पीडित पक्षको तर्फबाट भने वार्ता समिति गठन भइसकेको छैन । पीडित पक्षबाट आन्दोलनमा सहभागि सुर्जन तिवारीले वार्ता समिमि गठन भइनसकेको बताएका छन् । ‘सरकारले वार्ता टोली गठन गरेको छ । सरकारी टोलीसँग हामी आजै वार्तामा बस्छौं ।’, उनले भने, ‘हाम्रो तर्फबाट वार्ता टोली गठन भइसकेको छैन । हामी तयारीमा छौं । बैठकपछि आजै निर्णय हुनेछ ।’

सरकारले मंगलवार नै मिटरब्याजलाई फौजदारी अपराध घोषणा गरि मुलुकी अपराध संहित ०७४ सम्शोधन गर्ने निर्णय गरेको छ । मंगलवार पीडितहरु प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यसपछि माइतीघर मण्डला आएका उनीहरु नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेरसमेत प्रदर्शन गरेका थिए ।

मंगलबार साँझ बसेको मन्त्रीपरिषद्को अकष्मिक बैठकले मिटरब्याजलाई अपराध घोषणा गरि कानून संशोधन गर्ने निर्णयसमेत गरिसकेको छ । महोत्तरीदेखि ७३ जनाको समुहमा आएका उनीहरु हेटाडौं–भीमफेदी हुँदै काठमाडौ आइपुगेका थिए । उक्त टोलीमा सुत्केरी महिलादेखि वृद्धवृद्धा समेतको सहभागिता रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK