×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महोत्तरीबाट १३ दिन हिँडेर काठमाडौं पुगेका मिटरब्याजी पीडितद्धारा प्रदर्शन, न्याय नपाए नफर्किने चेतावनी (फोटो-कथा)

PRIME CA

महोत्तरीबाट १३ दिन हिँडेर काठमाडौं पुगेका मिटरब्याजी पीडितद्धारा प्रदर्शन, न्याय नपाए नफर्किने चेतावनी (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार

काठमाडौँ । मिटरब्याजका कारण उठिबास लागेको भन्दै महोत्तरीबाट काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरूले न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । महोत्तरीबाट हिँडेरै काठमाडौंसम्म आईपुगेका उनीहरुले मिटरब्याजीलाई कार्वाही गर्नुपर्ने, झुठा मुद्धा लगाएर गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहा गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरेका हुन् ।

महोत्तरीको बर्दिबासबाट १३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरूले सरकारसँग न्यायका लागि चर्को माग गरेका छन् । मिटरब्याजकै कारण आफूहरूको घरजग्गा सबै गुम्ने अवस्थामा पुगेको र न्याय नपाएसम्म घर नफर्किने पीडित पलाश देवी महराले बताएकी छिन् ।

न्याय माग्दै राजधानीसम्म आएका उनीहरुले न्याय नपाएसम्म घर नफर्किने बताएका छन् । ‘मिटरब्याजका कारण हाम्रो उठिबास लाग्ने स्थिति छ । न्याय नपाएसम्म हामी फिर्ता हुँदैनौँ ।’ पलाश देवी महराले भनिन्, ‘राज्यबाटै हामी हेपिएका छौँ । न्याय नपाउन्जेलसम्म हामी यहीँ बसेर आन्दोलन गरिरहन्छौँ ।’ उनीहरूले मिटरब्याजीलाई कारबाही गर्न, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गर्न र मिटरब्याजविरुद्ध कानुन निर्माण गर्नुपर्ने लगायतका माग राखेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: