×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

प्लेनको ढोका रातभर खुला राखेपछि दुई इन्जिनियर निलम्बनमा

BIZBAZAR

काठमाडौं । नेपाल एयरलाइन्सको प्लेनको ढोका रातभर खुला राखेको भन्दै दुई इन्जिनियर निलम्बनमा परेका छन् । रातभर जहाजको ढोका खुला राखेर लापरवाही गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानी)का दुई जना इन्जिनियरलाई निलम्बन गरेको हो ।

दुई इन्जिनियरलाई निलम्बन गरी आवश्यक कार्वाहीका लागि छानबिन समिति बनाउन निर्देशन दिईसकेको प्रधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन् । ‘१८ मार्चमा वाइडबडी जहाज रातभर ह्यांगरमा राख्दा ककपिटको ढोका खुला भएको पाइएको थियो ।’, भुलले भने, ‘सोही कारण नेवानीका दुईजना एरोनटिकल इन्जिनियरलाई निलम्बन गरी छानबिन अघि बढेको छ ।’

पार्किङमा लागिसकेको जहाजको ककपिटको बायाँतर्फको ढोका बन्द र दायाँतर्फको ढोका रातभर खुलै छाडेका कारण विमानको निरीक्षण गर्ने दुई इन्जिनीयरलाई ग्राउन्डेड गरिएको प्राधिकरणले जनाएको छ ।

जहाज अवतरण गरी पार्किङमा लगिसकेपछि ढोका राम्रोसँग बन्द गर्नुपर्छ र ढोका खुला हुँदा बाहिरबाट अनावश्यक व्यक्तिको प्रवेश हुनसक्ने तथा शंकास्पद वस्तु विमानमा राख्न सक्ने जोखिम भएकाले पनि इन्जिनीयरलाई कारबाहीका लागि ग्राउन्डेड गरिएको सूचना अधिकारी भुलले जानकारी दिएका छन् ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal