×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिग्रिरहने नेपाल टेलिकमको सिस्टममा फेरी फोन नलाग्ने समस्या, नेटवर्क अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

PRIME CA
GLOBAL IME BANK

बिग्रिरहने नेपाल टेलिकमको सिस्टममा फेरी फोन नलाग्ने समस्या, नेटवर्क अवरुद्ध हुँदा सेवाग्राही मर्कामा

८ चैत्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बेला बेलामा समस्या देखिरहने नेपाल टेलिकमको नेटवर्कमा पुनः समस्या देखिएको छ । बुधबार बिहानैदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागेपनि स्पष्ट आवाज नसुनिने समस्या देखिँदा फोन सम्पर्कमा कठिनाई भएको छ ।

बुधबार अचानक टेलिकमको भीओएलटीई सेवामा समस्या देखिँदा फोन नलाग्ने समस्या देखिएको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताएका छन् । ‘नेपाल टेलिकमको टूजी, थ्रीजी र फोरजीमा समस्या छैन तर भीओएलटीईको कोरमा केही समस्या देखिएको हो ।’, उनले भने, ‘यही कारण फोन नलाग्ने समस्या देखिएको हो । समस्या देखिएसँगै समाधानका लागि प्रयासरत छौँ ।’

बिहानैदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएसँगै सेवाग्राही मर्कामा परेका छन् । नेपाल टेलिकमले २०७८ जेठदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु गरेको थियो । यो सेवाबाट फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइससहित ग्राहकहरुले सेवामा गुणस्तर थपिने दाबी नेपाल टेलिकमले गरे पनि एकाएक समस्या देखिँदा सेवा प्रभावित बनेको छ ।

नेपाल टेलिकमको सेवामा समस्या आएको यो पहिलो पटक भने होइन । नेपाल टेलिकमको सेवामा पटक-पटक समस्या देखिँदा पनि यसतर्फ टेलिकमको नेतृत्वले चासो नदिँदा ग्राहकहरु मर्कामा पर्दै आएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: